समाचारबिहीबार, मंसिर २४, २०७२

अवरुद्ध संसद् खुलाउन दाहाल सक्रिय

हिमालखबर

लामो समयदेखि अवरुद्ध हुँदै आएको व्यवस्थापिका–संसद् खुलाउन एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सक्रियता देखाएका छन् ।

उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रहेका अध्यक्ष दाहालले बिहानैदेखि छलफल र भेटघाटलाई तीव्र पारेका छन्।

मधेसको आन्दोलन, भारतको नाकाबन्दी तथा सदन अवरोधका कारण जनताको धारणा औपचारिक रुपमा सदनमा आउन नसकेकाले संसद् खुलाउन उनले छलफललाई तीव्रता दिएका छन् ।

दाहालले नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्णप्रसाद सिटौलासँग छुट्टाछुट्टै छलफल गरेका थिए ।

यस्तै, अध्यक्ष दाहालले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा र तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका छन् । अध्यक्ष थापासँग भेटवार्ता गरेर अध्यक्ष ठाकुरलाई भेट्न अध्यक्ष दाहाल उनको निवास भक्तपुर पुगेका थिए ।

सदनको अवरोध खुलाउने विषयमा उनीहरुबीच छलफल भएको अध्यक्ष दाहालका सहयोगी शिव खकुरेलले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>