समाचारबिहीबार, मंसिर २४, २०७२
त्रिपक्षीय वार्ताः पुनःनिर्माण विधयेक पारित हुने, संविधान संशोधनबारे भोलि छलफल
सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेशी मोर्चाबीच सिंहदरवारमा बसेको वार्ता सकिएको छ ।
वार्तापछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पुनःनिर्माण विधयेक पारित गर्नेबारे सहमति भएको बताए । उनले भने, “यो विधयेक पारित गर्न मोर्चा सहमत भएको छ, संविधान संशोधनबारे छलफल गर्दै जाने सहमति भएको छ ।”
उनले मोर्चाको सहमति बिना संविधान संशोधन विधयेक अघि बढाउन नदिने बताए । यादवले भने, “सीमाकंनसहित सवै मागहरु सम्बोधन हुनेगरी संविधान संशोधन हुनुपर्छ ।”
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले वार्ता सकारात्मक भएको बताए । संसद् बैठक र प्रधानमन्त्री कार्यालयले राखेको चियापानलगायतका कार्यक्रमका कारण समय नभएकाले भोलि संविधान संशोधनबारे छलफल गर्ने दलहरुबीच सहमति भएको रावलले बताए ।
अहिले ५ बजे व्यवस्थापिका–संसद् बैठक बोलाइएको छ ।
-कपिल भट्ट, काठमाडौं
…………………………………………………………………………………………………
सिंहदरवारमा त्रिपक्षीय वार्ता
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा सत्तारुढ दल, प्रमुख प्रतिपक्षी दल र आन्दोलनरत मोर्चाबीच वार्ता शुरु भएकाे छ ।
वार्तामा सत्तारुढ दलका नेताहरु केपी शर्मा अाेली, झलनाथ खनाल, माधवकुमार नेपाल, पुष्पकमल दाहाल, कमल थापा, विजय गच्छदारलगायत छन् भने नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा, कृष्णप्रसाद सिटाैला छन् ।
यस्तै, मधेशी माेर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, अशाेक राई, सर्वेन्द्रनाथ शुक्ललगायत छन् । दिल्लीबाट फर्किएपछि मोर्चाको बैठक बसेकाे छ भने मन्त्रिपरिषद्को बैठक पनि सकिएको छ ।
मधेशमा जारी आन्दोलन, भारतीय सरकारले लगाएको नाकाबन्दी र अवरुद्ध संसद् खुलाउनेबारे बैठकमा छलफल प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार केही समयपछि बैठक शुरु हुँदैछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
