रमझमशनिबार, मंसिर ९, २०६९
अन्तराष्ट्रिय नाटक महोत्सवको रौनक

पुर्नमीलन : चर्चित भरतिय फिल्म 'खामोशी द म्युजिकल' का अभिनेत्री मनिषा कोइराला र सिमा विश्वासको १५ वर्षपछि महोत्सवमा भएको भेट । तस्बीरः अनुशील/हिमालखबर
नाटक महोत्सवमा नेपाल सहित भारत, रसिया, फ्रान्स, नर्वे, अमेरिका, इन्टोनीया, थाइल्याण्ड र इरान कलाकारको सहभागीता रहेको छ ।
आरोहण गुरुकुलले आयोजना गरेको मंसिर २२ सम्म चल्ने यस महोत्सवमा ८ देशका १४ नाटक मन्चन हुने आयोजकले जनाएको छ । हरेकदिन नाटक दिउसो र साँझ गरि २ पटक मन्चन भइरहेका छन् ।
महोत्सवमा महोत्सव उत्घाटनकै दिन मण्डला थियटरका कलाकारहरुले सुनकेशरी नामक नाटक प्रस्तुत गरे भने दोस्रो दिन भारतका कलाकार सीमा विश्वासको एकल अभिनय रहेको नाटक जीवित या मृत प्रस्ुतत गरे । ब्याण्डिट क्विन, खामोशी द म्युजिकल जस्ता चर्चीत भारतिय फिल्मकी अभिनेत्री सिमाले जिवन्त अभिनय गरेकी थिइन् ।
काठमाडौको महोत्सव सकियलगत्तै भारत तथा फ्रान्सका कलाकारले विराटनगरको आरोहण गुरुकुलको हलमा पनि नाटक मन्चन गर्ने आयोजकले जनाएको छ । अमेरिकाको नाटक भोपाल भने नेपाल प्रज्ञा प्रतिष्ठानको मन्चमा मन्चन हुदैछ ।
महोत्सवका संयोजक नाट्यकर्मी सुनील पोखरेल विगत भन्दा यस पटक झनै उत्साह पुर्ण भइरहेको बताए । भन्छन्, “एसियाबाट मात्रै हैन अमेरिका र युरोपसम्मका नाट्यकर्मीको सहभागीता रहेको यो महोत्सवलाई नेपाली रंगमन्चमा रौनकता छाएको छ । ”
प्रज्ञा प्रतिष्ठानले समेत गर्न नसकेको चुनौतिपूर्ण र लोभलाग्दो काम गुरुकुलले गर्दै आएको छ । यति ठुलो र फरक पृष्ठभूमीबाट हुर्किएका नाट्यकर्मीहरूको नाटक एकै थलोमा हेर्न पाउनु नेपाली दर्शक र नाट्यकर्मी दुवैका लागि सुखद् अवसर हो । महोत्सवमा दर्शकको बाक्लो उपस्थिती छ । टिकट काटेर नाटक हेर्न आउनेहरूको भीड देख्दा नाटकको दर्शक ह्वात्तै बढेका रहेछन् भन्ने पुष्टि हुन्छ । नाटक हेर्न आएका दर्शक हलले धान्न नसकेकाले दुई शोमा समेत कतिपयले हेर्न नपाउँने अवस्था छ । महोत्सवका क्रममा ९ मंसिरमा १६ जना महिला कलाकारले पेन्टिङ बनाएर प्रदर्शनीमा राखिएको छ जुन महोत्सव भर देख्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
