थप समाचारबिहीबार, मंसिर २४, २०७२

केहीदिनभित्रै निकासः एमाले नेता खनाल

हिमालखबर

!!!नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले देशभित्रको समस्या समाधानका लागि विदेश धाउने र विदेशीले चासो दिने दुवै कुरा गलत भएको बताएका छन् ।

सहीद रामकुमार राई स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री खनालले विदेश धाउने प्रवृत्ति र विदेशीको चासो बढी भएकै कारण मुलुकले दुःख पाइरहेको बताए ।

नयाँ दिल्ली भ्रमण सकेर स्वदेश फर्किएका मधेशी मोर्चाका नेतासँग फेरि वार्ता सुरु भएकाले अब चाँडै निकास निस्कने उनले विश्वास व्यक्त गरे ।

“उहाँहरु दिल्लीमा छलफल गरेर फर्किनुभएको छ, हामी पनि अन्तरदिलदेखि नै छलफल गरेर समस्याको समाधान खोज्ने प्रयत्न गरिरहेका छौं”, खनालले भने ।

राईको सम्मानमा केही काम गरिने
कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले वार्ताबाट नै समस्याको समाधान गर्नुपर्छ भन्ने पक्षमा सरकार दृढ रहेको बताए ।

उनले नेपालको जस्तो जटिल संविधानसभाबाट अहिलेको जस्तो संविधान बन्नु संसारकै लागि उदाहरणीय भएको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>