समाचारबिहीबार, मंसिर २४, २०७२
नेपालगञ्ज–रुपैडिहा सीमाबाट ठूलो मात्रामा इन्धन भित्रियो
नेपालगञ्ज–रुपैडिहा सीमाबाट नाकाबन्दीपछि कै ठूलो मात्रामा इन्धनसहित मालबाहक गाडीहरु भित्रिएका छन् ।
आंशिक रुपमा सञ्चालित नाका आज बिहानैबाट खुलेको छ । साँझसम्म डिजलका ३४, पेट्रोलका ५, हवाई इन्धनका ४ ट्यांकर र ७ वटा ग्याँस बुलेट भित्रिएका छन् ।
अन्य १९५ वटा मालबाहक गाडी नेपाल भित्रिएको प्रहरीले जनाएको छ । उक्त नाकाबाट सामान्य अवस्थामा भन्दा ठूलाे मात्रा अायात भएकाे प्रहरीले जनाएकाे छ । जमुनाहा नाकाबाट २३ मंसीरमा १८ डिजल, ५ हवाइ इन्धन, १ मट्टितेल र ३२ मालबाहक गाडीहरु भित्रिएका थिए ।
मोर्चाका कार्यकर्ता धर्ना बस्न छाडेपछि नाका सञ्चालनमा आएको हो । यसअघि, दिनभर मोर्चाका कार्यकर्ता धर्नामा बसेपछि रातको समयमा सानो संख्यामा आयात हुँदै आएको थियो ।
–केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>