समाचारबिहीबार, मंसिर २४, २०७२
संविधान संशोधन विधयेक कार्यसूचीबाट हटाइएको भन्दै कांग्रेसद्वारा संसद् अवरुद्ध
संविधान संशोधन विधयेक कार्यसूचीबाट हटाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले व्यवस्थापिका–संसद् बैठक अवरुद्ध गरेको छ ।
सुशील कोइराला नेतृत्व सरकारले २० असोजमा दर्ता गराएको संशोधन विधयेक संसद्मा पेश गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले आजको बैठकको कार्यसूचीबाट हटाइएको भन्दै अवरुद्ध गरेका थिए । समानुपातिक समावेशी व्यवस्था र एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र हुनेगरी जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुने विधयेक संसद्मा दर्ता भएको छ ।
मधेशी मोर्चाले कांग्रेस सरकारले दर्ता गराएको संशोधन विधयेकले माग पूरा नहुने नहुने भनेपछि सरकारले कार्यसूचीबाट हटाएको थियो ।
दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको त्रिपक्षीय बैठकले पुनःनिर्माण विधयेक पारित गर्ने र संविधान संशोधन विधयेकबारे छलफल गर्दै जाने सहमति गरेको थियो ।
–कपिल भट्ट, काठमाडाैं
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
