Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रहरीको कुटाईबाट घाइते भएकाको फोटो खिच्ने पत्रकारमाथि पनि कुटपिट - Himalkhabar.com

थप समाचारबिहीबार, मंसिर २४, २०७२

प्रहरीको कुटाईबाट घाइते भएकाको फोटो खिच्ने पत्रकारमाथि पनि कुटपिट

हिमालखबर

प्रहरी कुटपिटबाट घाइते अाचार्य ।

प्रहरी कुटपिटबाट घाइते अाचार्य ।

आफूले कुटेका घाइतेको तस्वीर खिचेको भन्दै सिरहाका पत्रकार दिलिपकुमार सिंहलाई प्रहरीले कुटपिट गरेको छ ।

प्रहरीको कुटाईबाट घाइते भएका स्थानीय समिर आचार्यको फोटो खिचेका पत्रकार सिंहलाई इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक पाँचु चौधरीले कुटपिट गरेका हुन् ।

२४ मंसीरमा लहानमा ग्यास लिनेहरुको लाइनमा प्रहरीले पालो मिचेर आफ्ना मान्छेलाई अगाडि राखिरहेको भिडियो खिचेका  आचार्यलाई प्रहरीले रगताम्मे हुनेगरी कुटेको थियो ।  घटनास्थलमै रहेका पत्रकार सिंहले घाइते आचार्यको तस्वीर खिच्दै गर्दा प्रहरी निरीक्षक  चौधरीले  सिंहलाई पनि  कुटेका हुन् ।

प्रहरीको दुर्व्यवहार यतिमा मात्रै रोकिएन  ।  सिंहलाई कुटिरहेका प्रहरी निरीक्षक चौधरीलाई त्यसो नगर्न आग्रह गरेका पत्रकार महासंघ सिरहाका पूर्वसभापति रामानन्द गुप्ताले  समेत प्रहरीबाट दुर्व्यवहार भोगेका छन् । पत्रकारलाई नकुट्न आग्रह गरेका गुप्तालाई  चौधरीले  कठालो समातेर धकेलेका  थिए ।

घटनाको मानवअधिकारवादी र पत्रकारहरुले  प्रहरी कार्यालयमै  पुगेर विरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>