समाचारशुक्रबार, मंसिर २५, २०७२

पुनःनिर्माण विधेयक र संशोधन प्रस्तावबारे कांग्रेस बैठक

हिमालखबर

नेपाली कांग्रेसको पदाधिकारी बैठकले भूकम्प पुनःनिर्माणसम्बन्धी विधेयक र संविधान संशोधनसम्बन्धी प्रस्तावलाई एकसाथ अगाडि बढाउने निर्णय गरेको छ ।

काठमाडौंमा उपलब्ध वरिष्ठ केन्द्रीय सदस्यसमेत सहभागी रहेको बैठकले ती दुबै कार्य अगाडि बढाउन सत्ता साझेदार दल तथा मधेशी मोर्चासित आज नै संवादसमेत गर्ने निर्णय गरेको पार्टी उपसभापति रामचन्द्र पौडेलले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निवास महाराजगन्जमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला लगायतको सहभागिता थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>