समाचारशुक्रबार, मंसिर २५, २०७२
प्रधानमन्त्रीद्वारा भेटवार्तालाई तीव्रता
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न पक्षसँगको भेटवार्तालाई तीव्र बनाएका छन् ।
संसद् खुलाउनेगरी विभिन्न पक्षसँग वार्ता राखिएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले बताए । उनका अनुसार प्रधानमन्त्रीले साना दलहरु, संयुक्त मधेशी गठबन्धन, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र मधेशी मोर्चासँग भेटवार्ताको कार्यक्रम राखेका छन् ।
दिउँसो ३ बजेअघि नै सहमति जुटाउनेगरी वार्ता हुने अधिकारीले बताए । पुनःनिर्माण विधयेक संसद्बाट पारित गर्न सहमत भएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग संविधान संशोधनबारे छलफल गरिने भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>