समाचारशुक्रबार, मंसिर २५, २०७२

सरकार र मोर्चा वार्ता निष्कर्ष विहिन, सीमाङ्कनमा आ–आफ्नै अडान

हिमालखबर

upendraसरकार र मधेशी मोर्चाबीच सिंहदरबारमा भएको वार्ता विना निष्कर्ष टुंगिएको छ ।

आजको वार्तामा सरकारका तर्फबाट प्रदेशहरुको सीमाङकन राजनीतिक समिति गठन गरी तीन महिनाभित्र टुंग्याउने र बाँकी विषयहरुलाई तत्कालै संविधान संशोधनमार्फत टुंग्याउने प्रस्ताव आएको मोर्चाका नेता उपेन्द्र यादवले बताए ।

“सीमाङ्कनमा सहमति नहुँदासम्म अरु कुरामा अघि बढ्न सकिंदैन, पहिले सीमाङ्कनकै विषयमा सहमति हुनुपर्छ,” यादवले भने ।

दुवैपक्ष आ–आफ्नै अडानमा रहँदा वार्ता अघि बढ्न नसकेको हो ।

यादवले पुनःनिर्माण प्राधिकरण गठन सम्बन्धी विधेयक पारित गर्नका लागि आफूहरुले संसदमा अवरोध हटाउने निर्णय गरे पनि कांग्रेसको अवरोधका कारण विधेयक पारित हुन नसकेको बताए ।

उनले भने, “कांग्रेसले भनेजस्तो पुनःनिर्माण विधेयक र संविधान संशोधन विधेयक सँगसँगै ल्याइयो भने चाहीं हाम्रो अवरोध हुन्छ ।”

कांग्रेसले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकले मधेशका मागलाई नसमेट्ने दावी गर्दै यादवले पुननिर्माण विधेयक र संविधान संशोधनको कुरा फरक फरक भएकाले एउटैमा मिसाउन नपाइने बताएका थिए ।

—————————————————————————————————

सरकार र मधेशी मोर्चाबीच सिंहदरबारमा वार्ता जारी

सरकार र मधेशी मोर्चाबीच सिंहदरबारमा वार्ता भइरहेको छ । वार्तामा नेपाली कांग्रेस भने सहभागी छैन ।

आज नेपाली कांग्रेस, सत्तारुढदलरु र मधेशी मोर्चाबीच वार्ता हुने बताइएको भए पनि कांग्रेस वार्तामा उपस्थित नभएको हो ।

मोर्चाका नेताहरु दिल्लीबाट फर्केलगत्तै २४ मंसीरमा नेपाली कांग्रेस, सरकारमा सहभागी दलहरु र मोर्चाबीच वार्ता भएको थियो ।

२४ मंसीरको वार्तामा पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक अघि बढाउने भन्ने तीन पक्षबीच सहमति भए पनि कांग्रेसले आफूले दर्ता गराएको संविधान संशोधन विधेयक अघि नबढाइएसम्म पुनर्निर्माण विधेयक पनि अघि बढ्न नदिने भन्दै बैठक अवरुद्ध गरेको थियो ।

संसद बैठक आज पनि दिउँसो ३ बज्ने बस्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>