समाचारशुक्रबार, मंसिर २५, २०७२

कांग्रेस र मोर्चाको चेपुवामा संसद बैठक

हिमालखबर

नेपाली कांग्रेस र मधेशी मोर्चाका आ–आफ्नै अडानका कारण व्यवस्थापिका संसदको बैठक आज, २५ मंसीरमा पनि सूचना टाँस गरी स्थगित भएको छ  ।

नेपाली कांग्रेसले सुशील कोइराला नेतृत्वको सरकारले २० असोजमा दर्ता गराएको संविधान संशोधन विधयेक संसद्‌मा पेश गर्नुपर्ने माग राख्दै आएको छ । यही माग राख्दै कांग्रेसले २४ मंसीरमा पनि बैठक अवरुद्ध गरेको थियो ।

यता मधेशी मोर्चाले भने सीमाङ्कनमा सहमति नहुँदासम्म संविधान संशोधन विधेयक अघि बढाउन नदिने बताउँदै आएको छ ।

यद्यपी यस अघिदेखि संसद अवरुद्ध पार्दै आएको मोर्चाले पुनःनिर्माण प्राधिकरण सम्बन्धी विधेयक भने संसदबाट पारित गर्नका लागि आफूले सहयोग गर्ने बताउँदै आएको छ ।

सरकार र मोर्चाबीच आज भएको वार्तामा पनि सरकारले पुनःनिर्माण प्राधिकरण गठन र संविधान संशोधन सम्वन्धी नेपाली कांग्रेसले दर्ता गराएको दुवै विधेयक संसदमा प्रस्तुत गर्ने बारे छलफल भएको थियो ।

मोर्चाले कांग्रेसले दर्ता गराएको विधेयकले आफ्ना माग पूरा नहुने भन्दै पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयकमात्रै पेश गर्न भनेपछि वार्ता विना निष्कर्ष टुंगिएको थियो ।

पुनःनिर्माण सम्बन्धी विधेयक मात्रै पेश गर्दा कांग्रेसले अवरोध गर्ने, संविधान संशोधन पेश गर्दा मोर्चाले अवरोध गर्ने भएकाले सूचना टाँस गरी संसद वैठक स्थगित गरिएको हो ।

संसदको अर्को बैठक २७ मंसीर दिउँसो तीन बजेका लागि बोलाइएको छ ।

कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>