थप समाचारशुक्रबार, मंसिर २५, २०७२

पर्साः पेस्तोल सहित एक जना पक्राउ

हिमालखबर

pistolपर्साको सुर्वणपुरबाट सशस्त्र प्रहरीले नलकटुवा पेस्तोल सहित एक जनालाई पक्राउ गरेको छ ।

सुर्वणपुर– १ गडुवालाइनका ४२ वर्षीय नीलबहादुर सुनुवारलाई प्रहरीले एक थान नलकटुवा पेस्तोल र त्यसमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

२४ गते राति सुनुवारको घरमा खानतलासी गर्दा मोजामा बेरेर राखेको पेस्तोल र गोली ओछ्यान मुनीबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

घर आएकी सालीलाई अभद्र ब्यवहार गरेका सुनुवारसँग उनकी श्रीमतीको झगडा हुँदै गर्दा पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीको टोली हल्ला सुनेर उनको घरमा पुगेको थियो । शंका लागि खानतलासी गर्दा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...