थप समाचारशनिबार, मंसिर २६, २०७२

दुर्घटनामा भारतीयको मृत्यु

हिमालखबर

वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुरमा २५ मंसीर राति भएको मोटरसाइकल दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् ।

दुर्घटनामा परी मोटरसाईकल चालक भारत मुज्जफरपुर घर भएका ५० वर्षीय मोहम्मद नजरुद्दिनको मृत्यु भएको हो । घाइते हुने पनि सोही स्थानका ४० वर्षीय मोम्मद नसिर छन् ।

नजरुद्दिनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको नारायणी उपक्षेत्रिय अस्पताल प्रहरी विटका प्रहरी हवल्दार अखिल खड्काले जानकारी दिए ।

वीरगञ्ज आउँदै गरेको बा ४३ प ९०९२ नम्बरको मोटरसाईकल परवानीपुर हनुमान मन्दिर अगाडि रोकिराखेको ना २ ख ७१९७ नम्बरको कन्टेनरमा ठोक्किएको थियो ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...