समाचारशनिबार, मंसिर २६, २०७२

नेपालको संविधानलाई उत्कृष्ट भन्न हिच्किचाउनु पर्दैनः राष्ट्रपति भण्डारी

हिमालखबर

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानलाई सर्वोेत्कृष्ट भन्न हिच्किचाउन नहुने बताएकी छन् ।

तस्वीर: विद्रोही गिरी

तस्वीर: विद्रोही गिरी

राष्ट्रपति भण्डारीले मानव अधिकारको विश्वव्यापी मान्यतालाई आत्मसात गरेको, संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुनिश्चित गरेको नयाँ संविधान अहिलेसम्मकै अग्रगामी र सर्वोत्कृष्ट भएको बताएकी हुन् ।

२६ मंसीर दिउँसो नवलपरासीको प्रगतिनगरस्थित जनज्योति नमूना माध्यामिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारी लगानी अझै पनि निकै थोरै भएको भन्दै शिक्षामा लगानी बढाउनु पर्नेमा जोड दिइन् ।

उनले भनिन्, “शिक्षामा आवश्यकताभन्दा कम लगानी छ, तर लगानीको तुलनामा नतिजा झन कम छ ।” शिक्षाको कमीले गर्दा महिलाहरु अन्धविश्वास र कुरुतीले पीडित भएको राष्ट्रपति भण्डारीले औंल्याइन् ।

ज्ञान र प्रविधिलाई बालबालिकाको हितमा प्रयोग गरिनुपर्नेमा जोड दिंदै उनले बालबालिकालाई विश्वस्तरको शिक्षा प्रदान गर्नु अहिलेको चुनौति भएको बताइन् ।
राष्ट्रपति भण्डारीले विद्यालय परिसरमा निर्माण भएको स्वर्ण स्तम्भको अनावरण गरेकी थिइन् ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>