समाचारआइतबार, मंसिर २७, २०७२

भारतले दशगजा मिचेर बाँध बनायो

हिमालखबर

भारतीय वन विभागले कञ्चपुरको परासनस्थित बीचफाँटामा दशगजा मिचेर बाँध बनाएको प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले पुष्टि गरेका छन् ।

तस्वीर: रासस

तस्वीर: रासस

२६ मंसीरमा बाँध निर्माणस्थल पुगेको प्रजिअ अर्यालसहितको सरकारी टोलीले दशगजा मिचेर भारतीय पक्षले मनोमानी रुपमा बाँध निर्माण थालेको जनाएको छ ।

नेपाली प्रशासनसँग सहमति नलिई भारतीय दुधवा निकुञ्जको सुरक्षार्थ खटिएको लखिमपुर जिल्लास्थित क्यामा वन चौकीले दुई मिटर दशगजा मिचेर बाँध बनाएको हो ।

पुनर्वास नगरपालिका–१ बीचफाँटामा पर्ने नेपाल–भारत सीमास्तम्भ १९१ देखि १९४ सम्मको तीन किमी लामो क्षेत्रमा भारतीय वन विभागले मनोमानी रुपले दशगजा मिचेको हो ।

भारतीय पक्षले दशगजा मिचेर करिब १।६७ मिटर उचाइको तीन किमी लामो बाँध बनाएको प्रजिअ अर्यालले बताए ।

नेपाली पक्षसँग सहमति नलिई, कुनै जानकारी नदिई भारतीय वनकर्मीले बनाएको बाँधका विषयमा आफूले मन्त्रालयमा जानकारी गराउने र भारतीय अधिकारीसँग हुने बैठकमा कुरा गरी सच्याउन पहल थाल्ने उनले जानकारी दिए ।

भारतीय पक्षले सो क्षेत्रमा यस अघिदेखि नै बेला बेलामा दशगजा मिच्ने काम गरिरहेको स्थानीय बासिन्दाले अनुगमन टोलीसमक्ष बताएका छन् ।
भारतले यस क्षेत्रमा सीमा मिचिरहे पनि नेपाली पक्षले चासो नदिएपछि सीमा अतिक्रमण बढिरहेको सीमा बचाऊ समितिका दीनबन्धु अर्यालले बताए ।

टोलीमा जिल्ला वन कार्यालयका अधिकृत शिवप्रसाद शर्मा, प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारी र सशस्त्र प्रहरी उपरीक्षक तारादत्त पनेरु सहभागी थिए ।

भारतीय पक्षले दशगजा क्षेत्रमा बाँध बनाएर नेपाल क्षेत्रलाई डुबानमा पार्ने र संकलित पानीबाट आफ्नो क्षेत्रमा सिँचाई गर्ने काम यसअघि देखि गर्दैं आएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>