थप समाचारआइतबार, मंसिर २७, २०७२
कक्षा–८, को अर्धवार्षिक परीक्षा दिदै शान्ता चौधरी
पूर्व सांसद शान्ता चौधरीले कक्षा–८, को अर्धवार्षिक परीक्षा दिइरहेकी छन् ।
पढ्ने उमेरमा कमलरी जीवन बिताएकी ३५ वर्षीया चौधरी उच्च माध्यमिक विद्यालय डाडाँगाउँ, दाङमा यो शैक्षिक वर्षदेखि भर्ना भएकी हुन् । आफ्ना छोराछोरी उमेरका परीक्षार्थीसँगै परीक्षा हलमा सहभागी भएको तस्वीर सामाजिक सस्ञ्जाल फेसबुकमा राखेकी छन् ।
पछिल्लो समय सामाजिक सद्भाव कायम राख्न विभिन्न गतिविधिमा सक्रिय चौधरीले लेखेकी छन्, ‘जीवन परीक्षा नै परीक्षाको श्रृङ्खला हो ।’
याे पनि हेर्नुहाेस्ः संविधानसभाबाट स्कूलतिर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
