समाचारआइतबार, मंसिर २७, २०७२

आजको त्रिपक्षीय वार्ता पनि निष्कर्षविहिन

हिमालखबर

सरकार, प्रमुखप्रतिपक्ष नेपाली कांग्रेस र मधेशी मोर्चाबीच सिंहदरबारमा बसेको बैठक यसअघिको झैं टुंगोमा नपुगी सम्पन्न भएको छ ।

तस्वीर: रासस

तस्वीर: रासस

बैठकमा नेपाली कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण विधेयक सँगसँगै व्यवस्थापिका संसद पेश गर्नुपर्ने अडान राख्यो भने मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक र पुनर्निर्माण प्राधिकरणसम्बन्धी विधेयक बेग्लै विषय भएकोले तत्कालका लागि पुनःनिर्माण प्राधिकरण सम्बन्धी विधेयक मात्रै अगाडि बढाउनु पर्ने अडान राखेका थिए ।

कांग्रेस र मधेशी मोर्चाले आ–आफ्नै अडान राखेपछि बैठक विना निष्कर्ष टुंगियो ।

मोर्चाले आफ्नो अडान राखिरहँदा सरकार पक्षका नेताहरुले पनि हाललाई पुनःनिर्माण प्राधिकरण विधेयक मात्रै अघि बढाउन र संविधान संशोधन विधेयकमाथि थप छलफल गर्नु पर्ने बताएका थिए ।

बैठकमा सहभागी तमलोपा नेता सर्वेन्द्रनाथ शुक्लले आजको वार्तामा सरकार पक्ष र कांग्रेसबीच चर्काचर्की भएपछि आफूहरु खासै बोल्ने अवस्था नआएको बताए ।

विधेयक अघि नबढ्ने भएपछि आज बस्ने भनिएको संसद बैठक पनि अनिश्चित भएको छ ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>