समाचारआइतबार, मंसिर २७, २०७२

डाबरका गोदाम र ड्राईपोर्टमा रहेका कन्टेनरमा अख्तियारको छापा

हिमालखबर

1अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुराष्ट्रिय कम्पनी डाबर नेपालको उत्पादनका बारेमा अनुसन्धान शुरु गरेको छ ।

वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहामा २७ मंसीरमा छापा मारेर अख्तियारको टोलीले अनुसन्धान गरिरहेको छ ।

बहुराष्ट्रिय कम्पनी डाबर नेपाल प्रालिले म्याद गुज्रिएका जुस, च्यवनप्रास र पाचनचूर्ण भारतको दिल्ली निर्यात गर्नका लागि ड्राइपोर्टमा भण्डारण गरेको सूचनाका आधारमा काठमाडौंबाट आएको अख्तियारको टोलीले ड्राइपोर्टमा छापा मारेको हो ।

अख्तियारका प्रहरी नायब उपरीक्षक हिमालय श्रेष्ठको नेतृत्वमा रहेको टोलीले ड्राइपोर्टमा भण्डारण गरि राखेको डाबर नेपालका कन्टेनरहरुमा चेकजाँच गरिरहेको छ ।

ड्राइपोर्टमा डाबर नेपाल प्रालिका उत्पादनहरु भरिएको ९० वटा कन्टेनरहरु भारत निर्यातका लागि तैयारी अवस्थामा छन् । अपरान्ह तीन बजे सम्म २५ वटा कन्टेनरमा चेकजाँच गर्दा पनि म्याद गुज्रिएका कुनै वस्तु भने फेला नपारेको डिएसपी श्रेष्ठले बताए ।

उनले भने ‘प्राप्त सूचना अनुसार कन्टेनर चेक जाँच गरिरहेका छौं । सबै कन्टेनर चेकजाँच गरेपछि मात्रै सिल गर्ने कि नगर्ने भन्ने थाहा हुन्छ ।”

यस्तै अख्तियारको टोलीले बाराको रामपुर टोकनीमा अवस्थित डाबर उद्योगमा पनि छापा मारेर चेकजाँच गरिरहेको छ ।

यसैगरी हेटौडास्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट प्रहरी निरीक्षक डुण्डीराज न्यौपानेको नेतृत्वमा आएको अख्तियारको वीरगन्जको टोलीले गण्डक चोकमा अवस्थित स्थित डाबर नेपाल उद्योगको भगिनी संस्था लुना ट्रेडिङको गोदाममा पनि छापा मारेर चेकजाँच गरिहरको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>