Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तराईमधेश मिडिया सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न - Himalkhabar.com

थप समाचारआइतबार, मंसिर २७, २०७२

तराईमधेश मिडिया सम्मेलन १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न

हिमालखबर

नेपाल पत्रकार महासंघ तराई मधेश मिडिया सम्मेलन १३ बुँदे अमलटारी घोषणापत्र जारी गर्दै सकिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यसमितिको आयोजनामा नवलपरासीको अमलटारीमा केन्द्रीय पदाधिकारी, सदस्य, सल्लाहकार र तराई मधेसका २२ जिल्ला शाखाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीतामा मिडिया सम्मेलन भएको थियो ।

सम्मेलनले जारी आन्दोलन र सीमा नाकामा भएको अवरोधका कारण उत्पन्न विषम परिस्थितिप्रति गहिरो चिन्ता र सरोकार प्रकट गरेको छ ।

घोषणा पत्रमा नेपाली जनताको लामो संघर्ष र वलिदानको परिणामस्वरूप संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी हुनु ऐतिहासिक उपलब्धी भएको ठहर गरेको छ ।

घोषणा पत्रमा नयाँ संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता, धमनिरपेक्षता, सामाजिक न्यायजस्ता परिवर्तनका मूलभूत एजेण्डाहरू संस्थागत गरेको र यी उपलब्धिलाई संस्थागत गर्दै तराई मधेशमा जाारी आन्दोलन र अन्य असन्तुष्ट पक्षले उठाएका जायज विषयहरूलाई समेटेर संविधान संशोधन गर्नुपर्नेमा समेत जोड दिएको छ ।

आन्दोलनकै कारण पत्रकारिता स्वनियन्त्रण (सेल्फसेन्सरसिप) को शिकार बनेको, मिडिया उद्योग धराशायी बन्दै गएको उल्लेख गर्दै मुलुकले थेग्नै नसक्ने यस्तो अवस्थाको चाँडो अन्त्यका लागि गम्भीर बन्न सम्बन्धित सबै पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

घोषणा पत्रमा मुलुकको यो जटिल स्थितिमा राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, सामाजिक सदभाव र एकताप्रति मिडिया जगत् अझ बढी संवेदनशील हुनुपर्दछ भन्दै जस्तोसुकै संकटको घडीमा पनि रत्तिभर विचलित नभई पत्रकार आचारसंहिताको जिम्मेवारीपूर्वक पालना गर्न र स्वतन्त्र पत्रकारिताको व्यवसायिक धर्म निर्वाह गर्न सम्मेलनले सम्पूर्ण पत्रकार र सञ्चारमाध्यमहरूलाई अपील गरिएको महासंघ अध्यक्ष डा महेन्द्र बिष्टले जानकारी दिए ।
विद्रोही गिरी, नवलपरासी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>