समाचारआइतबार, मंसिर २७, २०७२

कांग्रेसको अवरोधका कारण संसद बैठक स्थगित

हिमालखबर

आज, २७ मंसीरको ब्यवस्थापिका संसद बैठक नेपाली कांग्रेसको अवरोधका कारण स्थगित भएको छ ।

बैठक शुरु भएलगत्तै कांग्रेस मुख्य सचेत चीनकाजी श्रेष्ठले कोइराला नेतृत्वको सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक संसदमा पेश नगरिएको भन्दै आपत्ति जनाएका थिए ।

उनले यसअघिको बैठकमा सभामुखले रुलिङ गरेर उक्त विधेयक पेश गरिने बताएको भए पनि आज पनि पेश नभएको भन्दै बैठकलाई अघि बढ्न नदिने बताएका थिए ।

सभामुख ओनसरी घर्तीले अर्को बैठकमा संविधान संसोधन विधेयक अघि बढाउने जानकारी गराए पनि कांग्रेस सांसदहरुले यसअघि त्यसै भनिए पनि उक्त विधेयक पेश नभएको भन्दै आफ्ना सिटबाट उठेर विरोध जनाएका थिए ।

त्यसलगत्तै सभामुखले व्यवस्थापिका संसदको अर्को बैठक २९ मंसीर दिउँसो १ बजे जानकारी दिंदै बैठक स्थगित भएको घोषणा गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>