समाचारआइतबार, मंसिर २७, २०७२
आन्दोलनबाट मधेशी नै बढी पीडित: नेता नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मधेशी मोर्चाको आन्दोलनले मधेशी जनतालाई नै बढी पीडा दिएको बताएका छन् ।
बाराको सिमरामा भोली, २८ मंसीरमा हुने बारा र पर्साका कार्यकर्ता प्रशिक्षण कार्यक्रमका लागि सिमरा आइपुगेका नेता नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै उनले सीमाकंनको विवाद मधेशका केही स्वार्थी नेताहरुको मात्रै मुद्दा रहेको दाबी गरे ।
मधेशका सर्वसाधारणलाई सीमांकनबारे खासै चासो नरहेको उनको भनाई थियो ।
नयाँ संविधानमा नेपालीहरुबीच कुनै भेदभाव नगरिएको र कुनै समुदायको पनि अधिकारमा कटौती नभएको बताउँदै उनले निर्वाचनमा पराजित केही नेताहरुले पराजयको पीडा साँध्न मात्रै जनतमा भ्रम छरेर आन्दोलन गराएको बताए ।
चार महिने लामो बन्दले मधेशका सर्वसाधारण, मजदुर, किसान, व्यवसायीलाई ठूलो क्षति पुगेको उल्लेख गर्दै नेता नेपालले भारत सकरात्मक देखिएकाले केही दिनमै स्थिति सहज हुने विश्वास व्यक्त गरेका थिए ।
अन्तर्राष्ट्रिय समुदायलाई बुझाउनुपर्ने
नेपालले नयाँ संबिधान बारे अन्र्तराष्ट्रिय समुदायलाई बुझाउनु जरुरी रहेको बताए ।
संविधानलाइ अपव्याख्या गरेर नेपाल बारे भ्रम फैलाउने काम भएको भन्दै नेता नेपालले अन्र्तराष्ट्रिय समुदायलाई उनीहरुकै भाषामा अनुवाद गरी संविधान बारे जानकारी गराउनु आवश्यक रहेको उल्लेख गरे ।
सरकारले भारतसँग नझुकी राष्ट्रियता र स्वाभिमानलाई जोगाउन सफल भएको दाबी गरेका थिए ।
श्याम गुप्ता, बारा