ब्लगसोमबार, मंसिर २८, २०७२

ईश्वरले चाहे… !

महेश थापा

छिमेकी प्रभूले दैलो उघार्लान् कि नाईं भन्दै ढुकुवा बन्नुको सट्टा आफ्नो घर आफैं सम्हाल्ने सद्बुद्धि हाम्रो नेतृत्वलाई दिन भगवानले नबिर्सिउन् !

bangyaबासी भात गोदेर कार्यालयतिर लम्किंदै गर्दा बाटोमा बडबडाउँदै हिंडेका एकसुरे सहकर्मी भेटिए ।

“सुप्रभातम्, जिग्री !”

“नाकाबन्दी भारतले गरेको होइन !” मतिर नहेरी यति बोलेर उनी अघि बढे । मित्रले नचिनेको आशंका गर्दै म उनलाई पछ्याउन थालें ।
“कति बज्यो , दाइ ?” त्यहीबीचमा आइलागेको एउटा फुच्चेले सोध्यो ।

“नाकाबन्दी भारतले गरेको होइन !” “कसले गर्‍यो त ?” जिल्लिएको फुच्चेले फेरि सोध्यो ।

“यही ज्यानको करामत हो”, फुकीढल मित्र आत्मविश्वासी देखिन खोजे । “खुट्टी देख्दै चाल पाएँ”, केटोले ओठ लेपार्‍यो । यतिवेला ढँटुवा पेशा चम्किएको देख्दा मान्छेहरूलाई मन थाम्न मुश्किल परिरहेछ ।

नेपालीको किलकिले अँठ्याउन सीमानामा छाडेको बिल्ली अन्ततः सबैको निम्ति गलपासो बन्यो । कसैलाई सर्लक्क टकटकिने सुर्ता छ, कसैलाई भारी बोक्न नसक्दाको छटपटी । कोही यसलाई नाकाबन्दी भनम्न/भनम् भन्ने दोधारमा फँसेर बेहाल भएका देखिन्छन् । नाकाबन्दीको जाँतोमा पिसिएर गानो खुस्केला जस्तो भएपछि कतिपय पढाकु चाहिं राजनीति, कूटनीति र अर्थनीतिको पोथा फिं जाएर तमाससँग बर्बराइरहेछन् ।

अन्तर्रा ष्ट्रिय कानून र भूपरिवेष्ठित देशको पारवहन अधिकारको रौंचिरा व्याख्याबीच हल्लनटाट भएका हामीले भने समस्याको नाभी छाम्न नसकी सास्ती व्यहोरिरहेका छौं ।

महीनौं को माथापच्ची पश्चात् नाकाबन्दी नामकरणमा गोलमटोल सहमति बने पनि त्यो निकृष्ट कृत्यको कर्ता खोज्ने भाउँटो ज्यूँदै छ । तथापि, ‘ई श्वरले चाहे नाकाबन्दी खुल्ने ’ भारतीय विदे शमन्त्रीको मधुवाणीले आँत हरहरिएका बहुसंख्यक नेपालीलाई मुख मिठ्याउन प्रेरित गरिकन धेरै उल्झ्नलाई लसेलमा निप्टारा पनि लगाएको छ ।

हामी नानाभाँती तर्कनामा तैरियौं, अनेकका ‘लजिक’ लगायौं, तर यो सब कियाधरा ईश्वरको रहेछ । उनै ईश्वरले नचाहँदा तक छोट्के भ्राता जति फड्फडाए पनि छेस्किनी खुल्नेवाला नाईं । आध्यात्मिक आँखाले हेर्दा छ्याङ्ग देखिन्छ पनि– ब्रह्माण्डका रचयिता ईश्वरको निम्ति असम्भव के छ ? समस्या के मात्र हो भने, कण–कणमा व्याप्त ईश्वर राममा मात्र नभई रावणमा समेत विराजमान हुने भएकाले कहाँका कुन भगवानलाई पुज्दा चाँडो फलिफाप होला ?

निर्णायक भनिएको वार्तालाई अलपत्र छाडेर दिल्लीतिर लस्किएका महाजनहरूलाई सिल्ली सावित गर्न बतौरेहरू बेस्कन लागे, तर विघ्नहर्ता रिझउन प्र भूको द्वार धाउने तीर्थालुहरूप्रति दुर्भाव पाल्ने पापात्माहरूको दोजात्रा अवश्यंभावी छ । तपोभूमि नेपालमा तीर्थस्थलको कुन कमि थियो र दिल्लीसम्मको धपेडी ?

भन्ने बचकाना सवालमा टोलाउनेहरूले नजिकको तीर्थलाई जस्तै धर्मान्धले पनि हेलाँ गर्ने सत्यको हेक्का राखून् । भारतीय सदनमा अचेल नेपाल सार्वभौम
मुलुक भएको सत्य गुञ्जायमान छ । कतिपयले यसलाई बल्छीको माछो उम्केर नदीमा छुमन्तर होला भन्ने माझी दाइको चिन्तासँग पनि दाँज्लान्, किन्तु दशकौ ंबाट शीतनिद्रामा लट्ठिएका छिमेकी माननीयहरूमा अचानक यस्तो चेत पलाउनुमा पनि भगवानकै हात हुनुपर्छ ।

भारत जन्मँदाको ‘देखी जान्ने’ नेपाललाई सार्वभौम भनिदिएकोमा फुरुङ्गिदै हाम्रो संसद्ले धन्यवाद प्रस्ताव पारित गरिदिन पनि बेर छैन !

उता, सुषमा म्याडमले नेपालमा हालसम्म लगाएको नाकाबन्दीहरूको साविती बयान राज्यसभामा रेकर्ड गराएकी छन् । यताका बछेडाहरूले दिल्लीको सडकमा ड्वाँ ड्वाँ गर्दै नाकाबन्दीको बोझ घिच्याउन खोजेको वेला टाठी म्याडमको जिब्रो मा फिसलन आउनु फगत संयोग होइन ।

ईश्वरले चाहे नेपालमा भारतले गर्दै आएको भाइगिरीको फेहरिस्त भारतीयहरूले नै लिखितम् र बकितम् दुवै गर्दै जाने आशा राखम् । जहाँसम्म ईश्वरले साँच्चै नाकाबन्दी खोल्लान् त ? भन्ने बलढ्याङ्ग्रे प्रश्नको बात छ, लक्षण त्यस्तै छ ।

काठमाडौंका दूतले दिल्ली पुगेर वर्तमान संकटलाई ‘नेपालको आन्तरिक राजनीतिक समस्या’ कबोलेकोमा गद्गद् ईश्वरले साधुवाद दिएको खबरले कराई–कराई त्यही भनिरहेको छ ।

धर्मका यी ‘स्टकिस्ट’ र ‘रिटेलर’ हरूको बैठकले दिल्लीमा फाइनल गरेको चारबुँदे रोडम्यापमा यताबाट विमतिको जुर्रत नहुने कारणले पनि यसपालिलाई भगवानले दैलो उघार्नेमा आश्वस्त हुम् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...