थप समाचारसोमबार, मंसिर २८, २०७२
हुस्सुले हवाई उडान सेवा प्रभावित
बाक्लो हुस्सु र शितलहरका कारण नेपालगञ्ज विमानस्थलबाट हुने हवाई उडान प्रभावित हुँदै गएको छ ।
२८ मंसीर बिहान६ः४५ बजे हुने नियमित उडान प्रभावित भएको हो । यसअघि, २७ मंसीरमा पनि बिहानी सेवा अवरुद्ध भएको थियो ।
दिउँसो हुस्सु फाटेपछि मात्रै सेवा सुचारु हुने गरेको नागरिक उडड्यन कार्यालय नेपालगञ्जले जनाएको छ । नेपालगन्ज बिमानस्थलबाट काठमाडौंलगायत मध्य तथा सूदुरका हिमाली तथा पहाडी जिल्लाका उडान हुँदै आएको छ ।
बाक्लो हुस्सु र शितलहर पर्न थालेपछि बाँकेलगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
–केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
