Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
अनिल गुरुङको कप्तानीमा फुटबल टीम घोषणा - Himalkhabar.com

खेलकुदसोमबार, मंसिर २८, २०७२

अनिल गुरुङको कप्तानीमा फुटबल टीम घोषणा

हिमालखबर

Anil Gurung

अनिल गुरुङ ।

पुस दोस्रो साता भारतमा शुरु हुने साफ च्याम्पियनसीपका लागि फरवार्ड अनिल गुरुङको नेतृत्वमा राष्ट्रिय टोली घोषणा गरिएको छ ।

टीम नेपालका प्रशिक्षक प्याट्रिक ओसेम्सले २८ मंसिरमा २० सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । कप्तान सागर थापा र उपकप्तान सन्दीप राईलाई म्याच फिक्सिङको आरोपमा एएफसीले आजिवन प्रतिबन्ध लगाए पछि टीम नेपालको कप्तानी गुरुङको काँधमा आएको हो ।

अनिलको अनुपस्थितमा रोहित चन्द वा विराज महर्जन कप्तान हुनेछ । विंगर नवीन लामा र गोलकिपर अमृत चौधरी पहिलोपल्ट राष्ट्रिय टोलीबाट खेल्ने अवसर पाएका छन् ।

सूमह ए मा रहेको नेपालले भारत र श्रीलंकाको सामना गर्नेछ । भारत जानुअघि नेपालले २ पुसमा बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

टीममा को को परे 
गोलकिपर: किरण चेम्जोङ, विकेश कुथु र अमृत चौधरी

डिफेन्स: विराज महर्जन, रविन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, रञ्जित धिमाल र आदित्य चौधरी

मिडफिल्डर: रोहित चन्द, जगजित श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ र नवीन लामा
फरवार्ड: अनिल गुरुङ, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अञ्जन विष्ट ।

ओसेम्स मुख्य प्रशिक्षक रहेको टीम नेपालको सहायक प्रशिक्षकमा हरि खड्का र बालगोपाल महर्जन तथा गोलकिपर प्रशिक्षकमा उपेन्द्रमान सिंह रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>