समाचारसोमबार, मंसिर २८, २०७२
कांग्रेस केन्द्रिय समितिको बैठक १ पुसमा
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आगामी १ पुसमा बोलाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय ललितपुर, सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीतिक र आसन्न १३ औँ महाधिवेशनको तयारीबारे छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले बताए ।
बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक अघि बढाउन कांग्रेसले खेल्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ ।
आसन्न १३ औँ महाधिवेशन आगामी २०–२३ फागुनमा काठमाडौंमा हुँदैछ । महाधिवेशनको तयारीका लागि गठित समितिले गरेका कामको समीक्षा पनि हुने जनाइएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>