रमझमसोमबार, मंसिर २८, २०७२

किम्फ सम्पन्न, ‘टासी एण्ड दि मंक’ र ‘भाग्यले बाँचेकाहरू’ उत्कृष्ट

हिमालखबर

काठमाडौं सम्पन्न इन्टरन्यासनल माउन्टेन फिल्म फेस्टिभल (किम्फ) मा महोत्सवमा अन्तराष्ट्रिय प्रतिस्पर्धातर्फ ‘टासी एण्ड दि मंक’ ले प्रथम पुरस्कार जित्न सफल भएको छ भने नेपाली पानोरमा तर्फ गणेश पाण्डेको निर्देशन रहेको ‘भाग्यले बाँचेकाहरू’ उत्कृष्ट डकुमेन्ट्री बन्न सफल भएको छ ।

उत्कृष्ट ‘टासी एण्ड दि मंक’ र ‘भाग्यले बाँचेकाहरू’

उत्कृष्ट ‘टासी एण्ड दि मंक’ र ‘भाग्यले बाँचेकाहरू’

राजधानीमा पाँच दिन चलेको किम्फमा एन्ड्रि हिन्टन र जोन्नी बर्क निर्दे्शित ‘टासी एण्ड दि मंक’ले १५ सय डलर पुरस्कार प्राप्त गरेको छ । अन्तराष्ट्रिय प्रतिस्पर्धामा दोस्रो भएको पोल्याण्डका निर्देशक पावेल डब्लुद्वारा निर्दे्शित ‘जुरेक’ले एक हजार डलर र अर्मे्नियाका भह्राम एमको निर्देशन रहेको ‘पिइसन पास्टेरा’ले पाँच सय डलर पाएको थियो ।
नेपाली पानोरमामा अरुणदेव जोशीद्वारा निर्दे्शित ‘कमारो’ले वेस्ट फिक्सनको उपाधी जितेको छ । पब्लीक च्वाईस अवार्ड समेत जितेको ‘भाग्यले बाँचेकाहरू’ र ‘कमारो’ले जनही रु. ५० हजार पुरस्कार पाएका छन् । महोत्सवमा फिक्सनतर्फ स्पेसल मेन्सन राजकुमार राईको ’हेभन इज ब्ल्याक’ले पाएको छ। वृत्तचित्रतर्फको स्पेसन मेन्सन ’तामागाउँ’ले पाएको छ । अन्तर्रा्ष्ट्रिय तर्फ ’लिभ फर प्यासन’ले स्पेसल मेन्सन अवार्ड पाएको छ ।

किम्फ २०१५ : कुमारी हलमा हाउसफुल दर्शक !

किम्फ २०१५ : कुमारी हलमा हाउसफुल दर्शक !

महोत्सवमा प्रर्दशीत दसवटा भूकम्पसम्बन्धी ५ मिनेटको छोटा चलचित्रको प्रतिस्पर्धा ’सिस्मिक सिफ्ट’मा आयुष निरौलाको चलचित्र ’आफ्टर द क्वेक’ प्रथम भएको छ । प्रदीप पोखरेलको ’राइजिङ फ्रम द इपी सेन्टर’ दोस्रो र आदित्य खड्काको ’धर्ती पुत्र’ तेस्रो भएको छ । विजेताहरूले क्रमशः ८०, ६० र ४० हजार रुपैयाँ पाएका थिए ।

हिमाल एसोसियनको आयोजनामा २४ देखि २८ मंसीरसम्म पाँच दिन चलेको महोत्सवको समापनमा नेपाली पानोरमाको उत्कृष्ट डकुमेण्ट्रीको अवार्ड ‘भाग्यले बाँचेकाहरू’ का निदेृशक गणेश पाण्डेलाई बरिष्ठ कलाकार सुनिल थापाले हस्तान्तरण गरेका थिए । यो फिल्मले भुइँचालोबाट जोगिएका नेपालीहरुको कथा र भुइँचालोपछिको देशको अवस्थालाई चित्रित गरेको छ ।

 गणेश पाण्डेलाई अवपार्ड प्रदान गर्दै सुनिल थपा ।‘कमारो’का अरुणदेव जोशी र ‘भाग्यले बाँचेकाहरू’ का गणेश पाण्डेका साथमा किम्फ अध्यक्ष बसन्त थापा ।


गणेश पाण्डेलाई अवपार्ड प्रदान गर्दै सुनिल थपा ।‘कमारो’का अरुणदेव जोशी र ‘भाग्यले बाँचेकाहरू’ का गणेश पाण्डेका साथमा किम्फ अध्यक्ष बसन्त थापा ।

महोत्सवमा २५ देशका ८० वटा फिल्मको प्रदर्शन भएका थिए । किम्फ २०१५ को निर्णायक मण्डलका रहेका ब्रिटिस पर्वतारोही र पत्रकार एड डगलस, कोरियाकी प्राध्यापक युन यङ्ग किम तथा विभिन्न पुरस्कारबाट सम्मानित भारतीय फिल्म सम्पादक नम्रता राव तथा वरिष्ठ फिल्म समालोचक प्रेमेन्द्रनाथ मजुमदारले संयुक्त रुपमा पुरस्कार घोषणा गरेका थिए ।

किम्फका अध्यक्ष बसन्त थापाले महाभुकम्प र भारतीय नाकाबन्दीको मार खेपीरहेको अवस्थामा सीमीत साधन श्रोतका भरमा महोत्सव सफता पुर्वक सम्पन्न भएकोमा खुशी ब्यक्त गरे । महोत्सवका धेरै फिल्म हाउसफुल भएका थिए ।

 किम्फ समापनपछि आयोजक तथा अतिथीहरु

किम्फ समापनपछि आयोजक तथा अतिथीहरु

महोत्सवमा तीन महनिा अघि अमेरिकाको न्युयोर्कमा एभरेष्ट मीडयिाको सह आयोजनामा सम्पन्न अन्तराष्ट्रिय ट्राभलीङ् किम्फ आयोजनाबाट उठेको एक हजार ८०० अमेरिकी डलर भुकम्पबाट क्षतीग्रस्त सोलुखुम्बुको चाङ्गेस्थान मावीलाई सहयोग गरिने जानकारी महोत्सव निर्देशक रम्यता लिम्बुले दिएकी थिईन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>