समाचारमंगलबार, मंसिर २९, २०७२

धनुषाका विद्यालय दिउँसो पनि खुल्न थाले

हिमालखबर

आन्दोलनरत मधेशी मोर्चाले तराईका जिल्लामा बिहान मात्रै विद्यालय खोल्न दिने निर्णय गरे पनि धनुषाका विद्यालयहरू दिउँसो समेत खुल्न थालेका छन् ।

सदरमुकाम जनकपुरको शहरी क्षेत्रमा भने बिहानीसत्रमा विद्यालय सञ्चालन भए पनि सदरमुकाम बाहिरका प्रायजसो ठाउँका स्कूलमा दिउँसो अर्थात १० बजेदेखि विद्यार्थी अनौपचारिक पोसाकमा नै उपस्थित भई सञ्चालन हुन थालेका छन् ।

चौतर्फी आलोचना र दबाबपछि मोर्चाले ‘बिहानी सत्रका लागि मात्रै स्कुल सञ्चालन हुन दिने’ निर्णय आन्दोलनको ९८ औँ दिन ३ मंसीरमा गरेको थियो ।

त्यसको तेस्रो दिनदेखि जनकपुरलगायत आन्दोलनको प्रभाव रहेका मध्यतराईका सबै विद्यालय बिहान सञ्चालनमा आएका थिए ।

तर जाडो र शीतलहरका कारण बिहान विद्यार्थीलाई आउजाउ गर्न निकै कठिनाई व्यहोर्नु परेको र विद्यार्थी बिरामी हुन थालेपछि बिहानी सत्र उपयुक्त नभएको भन्दै दिउँसो खुल्न थालेका हुन् ।

बिहान अत्यधिक मात्रामा हुस्सु र शीतलहर बढेपछि विद्यार्थीलाई विद्यालय जान आउन समस्या बढ्नुका साथै कक्षाकोठामा अँध्यारो भएर केही देखिने अवस्था नभएपछि आइतबारदेखि नै विद्यालय दिउँसो नै सञ्चालन गर्न थालिएको हो ।

आन्दोलनका कारण पछिल्लो सात महिनामा झन्डै पाँच महिना पठनपाठन प्रभावित भएको छ ।

त्यसैगरी, जनकपुरबाट छोटोदुरीमा चल्ने ट्याम्पो, सिटी सफारी, इलेक्ट्रोनिक रिक्सासमेत सञ्चालन हुन थालेका छन् ।

चार महिनाभन्दा बढीको मधेस बन्द र ८३ दिनको नाकाबन्दीले अस्तव्यस्त दैनिकी केही सहज होस् भनेर आफूहरू केही लचक भएको मोर्चा आबद्ध नेता/कार्यकर्ताहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>