समाचारमंगलबार, मंसिर २९, २०७२
राष्ट्रपति भण्डारी जनकपुर जाँदै
राष्ट्रपति विद्यादेवी भण्डारी १ पुसमा मिथिलाञ्चलको ऐतिहासिक विवाह पञ्चमी महोत्सवमा सरिक हुन जनकपुर जाने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारी विवाह पञ्चमीको अवसरमा जनकपुरस्थित ऐतिहासिक तथा धार्मिक महत्वको जानकी मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।
राष्ट्रपति भण्डारी जानकी मन्दिर आइपुग्दा उनलाई मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले स्वागत गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीसँगै नेपालका लागि भारतीय राजदुत रणजित राय, प्रधानसेनापति तथा अन्य विशिष्ट व्यक्तिको सहभागिता रहने जनाइएको छ ।
मौसम सफा भए राष्ट्रपति भण्डारी बिहान ११ बजेदेखि ३ बजेभित्र जनकपुर पुग्नेछिन् ।
यता मधेशी मोर्चाले भने जनकपुरमा राष्ट्रपतिको विरोध गर्ने जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
