थप समाचारमंगलबार, मंसिर २९, २०७२

औषधि आयात बढ्यो

हिमालखबर

वीरगञ्ज नाकाबाहेक अन्य नाका सहज भएपछि औषधिको आयात पनि बढेको औषधि विभागका महानिर्देशक बालकृष्ण खकुरेलले जानकारी दिएका छन् ।

विराटनगर, सुनौली नेपालगञ्ज नाकाबाट अहिले औषधि भित्रिरहेको जानकारी दिँदै खकुरेलले सरकारी स्वास्थ्य संस्थामा देखिएको अभाव कम गर्न सरकारले द्रुतमार्गबाट औषधि खरिद गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि बताए ।
उनका अनुसार तीन महिनाका लागि रु २० करोडको औषधि किन्ने गृहकार्य पूरा भएको छ ।

औषधि उत्पादक सङ्घका उपाध्यक्ष दीपक दाहालले विभिन्न नाकाबाट र हवाई मागमार्फत कच्चा पदार्थ आउन थालेपछि बजारमा पहिलेको जस्तो औषधि अभाव नभएको बताएका छन् ।

उनले सुनौली र अन्य भन्सार नाकाबाट अहिले सहजरुपमा औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आइरहेको बताए ।

औषधि व्यवसायी सङ्घका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले अहिले औषधिको आयात बढेको जानकारी दिए । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>