Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
चन्द माओवादीद्वारा डिस होमको मूख्य कार्यालयमा पेट्रोल बम प्रहार - Himalkhabar.com

थप समाचारबुधबार, पौष १, २०७२

चन्द माओवादीद्वारा डिस होमको मूख्य कार्यालयमा पेट्रोल बम प्रहार

हिमालखबर

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले टेलिभिजन च्यानलहरु प्रसारण गर्ने डिस होमको ललितपुरस्थित मुख्य कार्यालयमा क्षति पुर्‍याएको छ ।

ललितपुरको भैंसेपाटीस्थित डिस होमको मुख्य कार्यालयमा १ पुस विहान करिब ६ः३० बजे पेट्रोल बम प्रहार भएको थियो । बम प्रहारबाट टावर र कार्यालयमा आगो लागेर क्षति पुगेको प्रहरीले जनाएको छ ।

भारतीय टेलिभिजन च्यानलहरुको प्रसारण रोक्न दबाब दिंदै आएको माओवादीले त्यही निहुँमा डिसहोमको कार्यालय ध्वस्त पारेको हो ।

अहिले डिस होमको सम्पूर्ण प्रसारण बन्द भएको छ । प्रसारणका लागि वैकल्पिक उपायको खोजी भइरहेको डिसहोमले जनाएको छ ।

चन्द माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हिन्दी टेलिभिजनको प्रसारण रोक्न बारम्बार दिइएको चेतावनी नमानेपछि डिसहोमको कार्यालयमा आक्रमण गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>