थप समाचारबुधबार, पौष १, २०७२
चार महिनापछि सप्तरी पुगेका पत्रिकाहरु मोर्चाद्वारा कब्जा
चार महिनापछि मध्यतराई पुगेका राष्ट्रिय पत्रिकाहरु मधेशी मोर्चाले सप्तरीमा कब्जामा लिएको छ ।

तस्वीर: श्रवणकुमार देव
मधेशी मोर्चाले ३० साउनदेखि नै राष्ट्रियस्तरका पत्रिकाहरुको मध्यतराईमा विक्री वितरण रोकेको थियो । मोर्चाको आन्दोलन केही मत्थर भएपछि १ पुसमा वितरकले पत्रिकाहरु सप्तरी पुर्याएकोमा मधेशी मोर्चाले विक्री वितरण गर्न नदिने भन्दै कब्जामा लिएको हो ।
सप्तरीको सदरमुकाम राजविराजस्थित उपयोगी पुस्तक पसलमा आएका पत्रिकाहरु मोर्चा कार्यकर्ताहरुले बिहानै नियन्त्रणमा लिएका हुुन् ।
पसलका संचालक उत्तम भुजेलले २५० प्रति कान्तिपुर, ४० प्रति नागरिक, ६ प्रति अन्नपूर्ण पोष्ट र ९ प्रति काठमाडौंपोष्ट मोर्चाले नियन्त्रणमा लिएको बताए ।
आन्दोलनको पक्षमा समाचार सम्प्रेषण नगरेकाले पत्रिकाहरु नियन्त्रणमा लिइएको भन्दै संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश यादवले मधेशमा राष्ट्रिय पत्रिका बिक्री वितरणमा रोक लगाएको बताए ।
श्रवणकुमार देव, राजविराज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
