समाचारबुधबार, पौष १, २०७२

राष्ट्रपति भ्रमणको मधेशी मोर्चाद्वारा विरोध, जनकपुरको अवस्था तनावग्रस्त

हिमालखबर

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी जनकपुर  आउने भएपछि उक्त भ्रमणको विरोधमा मधेशी मोर्चाले गरेको प्रदर्शनका कारण जनकपुरको अवस्था तनावग्रस्त बनेको छ ।

जानकीमन्दिर परिषरमा भेला भएका मधेशी मोर्चाका कार्यकर्ताले राष्ट्रपतिको भ्रमणको विरोध गरेपछि अहिले प्रहरीले जानकी मन्दिर परिषर खाली गराएको छ । मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले विभिन्न ठाउँबाट आएका तिर्थालुहरुलाई समेत परिषरबाट हटाएको छ ।

मन्दिर परिषर साथै शिवचोक, रामचोक देखि एसएसपी कार्यालयसम्मको सडकमा दुवैतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ ।

एसएसपी कार्यालय परिषरमा दुईवटा हेलिकप्टर अवतरण गरिसकेकाले राष्ट्रपति भण्डारी जनकपुर आइसकेको अनुमान गरिएको छ । यद्यपी अत्यन्त कडा सुरक्षाा व्यवस्थाका कारण राष्ट्रपतिको  जानकी मन्दिर आगमन बारे थप सूचना प्राप्त हुन सकेको छैन ।

नयाँ संविधान मधेश विरोधी रहेको दाबी गरिरहेको मोर्चाले उक्त संविधानमा हस्ताक्षर गरेकी राष्ट्रपति भण्डारीलाई जनकपुरमा निषेध गर्ने भन्दै विरोध गरेको हो ।

यसैबीच प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न शिवचोकमा दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>