Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस केन्द्रीय समिति बैठक शुरु - Himalkhabar.com

थप समाचारबुधबार, पौष १, २०७२

कांग्रेस केन्द्रीय समिति बैठक शुरु

हिमालखबर

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ ।

पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो ।

आजको बैठकमा मूलतः महाधिवेशन तयारीका लागि गठन गरिएका समितिले गरेका विभिन्न कामको समीक्षा, पार्टीको विधान संशोधनलगायतका विषयमा छलफल हुनेछ ।

बैठकको प्रारम्भमा केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि छलफल शुरु भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

व्यवस्थापिका–संसदको ठूलो दल कांग्रेसले संसदमा मङ्गलबार पेस भएको भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयकलाई कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा पनि केन्द्रीय समितिमा परामर्श गर्नेछ ।

मुलुकको समसामयिक राजनीतिक परिस्थिति, सरकारका कामकारबाही तथा तराईमा जारी आन्दोलनलगायतबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा महाधिवेशनको तयारी र मुलुकको वर्तमान परिस्थितिबारे छलफल भइरहेको कांग्रेसका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिए ।

कांग्रेसको १३ औँ महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>