Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चाको विरोधका बीच राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा–अर्चना - Himalkhabar.com

थप समाचारबुधबार, पौष १, २०७२

मोर्चाको विरोधका बीच राष्ट्रपतिद्वारा जानकी मन्दिरमा पूजा–अर्चना

हिमालखबर

राष्ट्रपति विद्या भण्डारीले जनकपुरको जानकी मन्दिरमा पूजा–अर्चना गरेकी छन ।

विवाहपञ्चमी महोत्सवमा सरिक हुन आज विहान जनकपुर पुगेकी राष्ट्रपति भण्डारीको कार्यक्रम मधेशी मोर्चाको विरोध प्रदर्शनका कारण केही अस्तव्यस्त बनेको थियो ।

राष्ट्रपति भण्डारी काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर चढेर अञ्चल प्रहरी कार्यालय जनकपुरमा अवतरण गरेकी थिइन् ।

त्यसपछि कडा सुरक्षा घेराभित्र मन्दिरमा पुगेकी राष्ट्रपतिले पूजा गरिरहँदा मन्दिर परिषर बाहिर मधेशी मोर्चाका कार्यकर्ताले नाराबाजी गरेका थिए ।

उनी निष्कँदै गर्दा मोर्चाका कार्यकर्ताले ढुंगा प्रहार गर्ने प्रयास गरेका थिए ।

यसैबीच प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ, भने केही ठाउँमा लाठी प्रहार समेत गरेको छ । राष्ट्रपति केही बेरमै काठमाडौं फर्कने कार्यक्रम छ ।

मन्दिरमा पूजा–अर्चनापछि महोत्सवमा सहभागीहरुसँग कुरा गर्दै राष्ट्रप्रति भण्डारीले आफ्नो जनकपुर र सम्पूर्ण मिथिला क्षेत्रप्रति अगाध आस्था रहेको बताइन् ।

उनले भनिन् “मेरो आमाको नाम मिथिला हो, ठूली आमाको नाम जानकी, दुवैको जन्म जनकपुरमा भएको थियो । त्यसैले पनि मेरो यो क्षेत्रसँग गहिरो नाता छ ।”

उनले विवाहपञ्चमी नेपाल र भारत दुई देशको मित्रता झल्काउने उत्सव रहेको र प्राचिनकालदेखि चलिआएको यो उत्सवलाई निरन्तरता दिएकोमा जानकी मन्दिर व्यवस्थापन र स्थानीय नागरिकहरुलाई धन्यवाद दिइन् ।

त्यसअवसरमा मन्दिरका महन्थ रापतपेश्वरदासले राष्ट्रपति भण्डारीलाई सम्मानपत्र प्रदान गरेका थिए ।

राष्ष्ट्रपति भण्डारीसँगै प्रधानसेनापति राजेन्द्र क्षेत्री, भूमिसुधारमन्त्री रामकुमार सुब्बा, सांसद किरण यादवलगायत महोत्सवमा सहभागी थिए ।

———————————————————————————-
राष्ट्रपति भ्रमणको मधेशी मोर्चाद्वारा विरोध, जनकपुरको अवस्था तनावग्रस्त

विवाह पञ्चमी महोत्सवमा सहभागी हुन राष्ट्रपति विद्या भण्डारी जनकपुर आउने भएपछि उक्त भ्रमणको विरोधमा मधेशी मोर्चाले गरेको प्रदर्शनका कारण जनकपुरको अवस्था तनावग्रस्त बनेको छ ।

जानकीमन्दिर परिषरमा भेला भएका मधेशी मोर्चाका कार्यकर्ताले राष्ट्रपतिको भ्रमणको विरोध गरेपछि अहिले प्रहरीले जानकी मन्दिर परिषर खाली गराएको छ । मोर्चाका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले विभिन्न ठाउँबाट आएका तिर्थालुहरुलाई समेत परिषरबाट हटाएको छ ।

मन्दिर परिषर साथै शिवचोक, रामचोक देखि एसएसपी कार्यालयसम्मको सडकमा दुवैतर्फ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको बाक्लो उपस्थिति छ ।

एसएसपी कार्यालय परिषरमा दुईवटा हेलिकप्टर अवतरण गरिसकेकाले राष्ट्रपति भण्डारी जनकपुर आइसकेको अनुमान गरिएको छ । यद्यपी अत्यन्त कडा सुरक्षाा व्यवस्थाका कारण राष्ट्रपतिको जानकी मन्दिर आगमन बारे थप सूचना प्राप्त हुन सकेको छैन ।

नयाँ संविधान मधेश विरोधी रहेको दाबी गरिरहेको मोर्चाले उक्त संविधानमा हस्ताक्षर गरेकी राष्ट्रपति भण्डारीलाई जनकपुरमा निषेध गर्ने भन्दै विरोध गरेको हो ।

यसैबीच प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न शिवचोकमा दुई राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
ईश्वरचन्द्र झा, जनकपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>