समाचारबुधबार, पौष १, २०७२

कांग्रेस केन्द्रीय समिति बैठकः पुन:निर्माण विधेयक आजै पारित गर्ने

हिमालखबर

कांग्रेस केन्द्रीय समितिको बैठकले संसदमा पेस भएको पुन:निर्माणसम्बन्धी विधेयक आजै पारित गर्ने निर्णय गरेको छ ।

सानेपा स्थित पार्टी मुख्यालयमा आज, १ पुसबाट शुरु बैठकले संसदमा पेस भएको पुन:निर्माणसम्बन्धी विधेयक आजै पारित गर्ने र संविधान संशोधनसम्बन्धी विधेयकलाई पनि अगाडि बढाउने निर्णय गरेको हो ।

संविधान संशोधनको प्रक्रिया शुरु भएको र सबै दलहरुसँग छलफल गरि आवश्यक परिमर्जनकासाथ पारित गर्न काग्रेस खुला रहेको कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए ।

बडुले भने, “मधेशकेन्द्रित दलहरुले उठाएका सिमांकन लगायतका बिषयहरुमा राजनीतिकतहमा वार्ता र संवाद्को माध्यमबाट निकास खोज्न तयार छौं ।

त्यस्तै बैठकमा पार्टीको क्रियाशील सदस्यता विवादबारेको प्रतिवेदन पेस भएको छ ।

पार्टीको सक्रिय सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्यले समितिको प्रतिवेदन पेस गरेको बडुले जानकारी दिए ।

केन्द्रीय सदस्यहरुले प्रतिवेदनमा अध्ययनका लागि थप समयको माग गरेपछी भोलि ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

नाकाबन्दीका कारण मलखाद्को अभाव भई किसान समस्यामा परेको र उत्पाद्नमा ह्रास आउने भन्दै बैठकले सरकारको ध्यानाकर्षण गराएको छ ।
कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>