समाचारबुधबार, पौष १, २०७२

वार्ताको औचित्य लगभग सकियोः त्रिपाठी

हिमालखबर

तराई–मधेश लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयेश त्रिपाठीले वार्ताको औचित्य लगभग सकिएको बताएका छन् ।

बिजुलीबजारस्थित तमलोपाको केन्द्रीय कार्यालयमा बसेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको तयारी बैठकपछि त्रिपाठीले भने, “अब शासकलाई छुने कडा आन्दोलन घोषणा गर्छाै ।”

उनले आमहड्ताल, नाकामा धर्नासँगै अब शासक छुने थप कडा कार्यक्रम ल्याउने बताए । बैठकमा मोर्चा संयोजक उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुर उपस्थित नभएकाले भोलि बस्ने भएको छ ।

संविधान संशोधनले मधेशको मुद्दा सम्बोधन नहुने भएकाले आन्दोलनको विकल्प नभएको त्रिपाठीले बताए । उनले भने, “संविधान संशोधन अब प्रभावकरी नहुन सक्छ, पुनर्लेखनतर्फ जानुपर्छ भन्ने दबाव मधेशमा सिर्जना हुन लागेको छ ।”

२० मंसीरमा पुर्ननिर्माण विधेयक र संविधान संशोधन विधेयक एकसाथ आएकोले संसद् अवरुद्ध गरेको बताए ।

कपिल भट्ट, काठमाडाैं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>