Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मोर्चाले हस्तक्षेप गरे प्रतिकार गर्ने युवा संघको चेतावनी - Himalkhabar.com

समाचारबुधबार, पौष १, २०७२

मोर्चाले हस्तक्षेप गरे प्रतिकार गर्ने युवा संघको चेतावनी

सइन्द्र राई

एमालेको ‘मधेश मिसन’ शुरु

33प्रमुख सत्तारुढ दल नेकपा एमालेले सर्लाहीबाट दुई महीने ‘मधेश मिसन’ कार्यक्रम शुरु गरेको छ ।

२९ मंसीरमा पूर्वप्रधानमन्त्री एवम् बरिष्ठ नेता माधवकुमार नेपालले युवा संघका अध्यक्ष राजिव पहारीलाई झण्डा हस्तान्तरण गर्दै दुई महीने अभियानको थालनी गरे । नेता नेपालले नयाँ संविधानले दिएको हकअधिकार घरघर पुगेर जनतालाई प्रष्ट पार्न कार्यकर्तालाई निर्देशन दिए ।

यो अभियान अन्तर्गत युवा संघले संविधान बोकेर गाउँटोल र घरघरसम्म पुगेर संविधानबारे जानकारी गराउने, नागरिक अगुवा र राजनीतिक दलका स्थानीय कार्यकर्तासँग अन्तक्रिया गर्ने र मधेश–पहाड–हिमालबीचको सद्भावना बढाउने कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।

22सर्लाहीको हरिऔनमा आज सकिएको प्रशिक्षण कार्यक्रमपश्चात युवा संघका नेताहरुलाई विभिन्न जिल्लाको संयोजन गर्ने जिम्मेवारी समेत दिइएको छ ।
तीन महीना लामो आन्दोलन चर्किएको तराई–मधेशमा पहिलो पटक युवा संघले आयोजना गरेको खुला आमसभापश्चात दुई महीनासम्म एमालेका नेता–कार्यकर्ता मधेशमा रहने संघका उपाध्यक्ष रमेशकुमार पौडेलले बताए ।

अभियान उद्घाटन कार्यक्रममा बरिष्ठ नेता नेपालसँगै महासचिव ईश्वर पोखरेल, सचिव प्रदिप ज्ञवाली, योगेश भट्टराई, स्थायी कमिटी सदस्य शंकर पोखरेल, पोलिट्ब्यूरो सदस्य शत्रुघन महतोलगायत सहभागी थिए ।

शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरे प्रतिकारमा उत्रन्छौंः पहारी
11संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रमुख दलहरुको कार्यालय जलाउने र शान्तिपूर्ण कार्यक्रममा समेत आक्रमण गरिरहेका बेला ‘मधेश मिसन’को संयोजन गरेको युवा संघका अध्यक्ष राजिब पहारीले दुई महीनासम्म मधेशमा शान्तिपूर्ण कार्यक्रम चलाउने बताए ।

उनले भने, “मधेशका जनताले स्वागत गरिसकेको छ, हामी सीमा–नाकासम्म पुगेर सबैलाई सम्झाउँछौं ।” पहारीले आन्दोलनरत पक्षलाई समेत विभिन्न अन्तरक्रियामार्फत संविधान बुझाउने बताए ।

अध्यक्ष पहारीले भने, “शान्तिपूर्ण भेला, सभा र कार्यक्रम गर्ने सवैलाई अधिकार छ, मधेशका गाउँगाउँमा सभाको आयोजना गर्छाै ।” मोर्चाका कार्यकर्ताले मधेशमा कुनै पनि कार्यक्रम नगर्न धम्की दिइरहेपनि अभियान सशक्त बनाउने पहाडरीले बताए ।

उनले भने, “शान्तिपूर्ण कार्यक्रम कसैले विथोल्ने प्रयत्न मात्रै गर्यो भने पनि सशक्त प्रतिकार गर्छाै, एमालेमाथि बाङ्गो आँखाले हेरे आँखा नै झिकिदिन्छौं ।”

युवा संघले मधेशका विभिन्न जिल्लामा संयोजक तोकेका छन् । संघका अनुसार सिराहामा पौडेल, सप्तरीमा किरण पौडेल, धनुषामा दिलकुमारी पन्त, महोत्तरीमा मञ्जु यादव, सर्लाहीमा माधव बास्तोला, बारामा राजिब पहारी, पर्सामा राजेश साह संयोजक तोकिएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>