समाचारबुधबार, पौष १, २०७२

गङ्गामायालाई न्याय दिन ढिलाइ भयो: अध्यक्ष शर्मा

हिमालखबर

anuprajराष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या सम्बन्धमा दोषीलाई कारबाही गरी कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

वीर अस्पतालमा अनशनरत गङ्गामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न आज वीर अस्पताल पुगेका अध्यक्ष शर्माले दोषीलाई तत्काल कारबाही गर्न आग्रह गरेका हुन् ।

उनले दोषीलाई कानुनबमोजिम कारबाही गर्ने कार्यमा आयोगले आफ्नो क्षेत्राधिकारभित्र रहेर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । न्याय सम्पादन छिटोछरितो भएमा मात्रै मानवअधिकारको संरक्षण र सम्मान हुने उनको भनाइ थियो ।

भेटमा गङ्गामायाले दोषीलाई कानुनबमोजिम कारबाही नभएसम्म आफ्नो पति स्व नन्दप्रसाद अधिकारीको सद्गत समेत नगर्ने अडान दोहोर्‍याएकी थिइन् ।

आयोगले उक्त घटनाको अनुसन्धान गरी २०६५ साल चैत २३ गते दोषीमाथि फौजदारी अभियोगमा कारबाही चलाउन, पीडित परिवारजनलाई क्षतिपूर्ति दिन र आफ्नो घरमा पुनः फर्कन सुरक्षा प्रदान गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो ।
तर सरकारले गरेको प्रतिबद्धता अहिलेसम्म कार्यान्वयन नभएकोतर्फ पनि आयोगले सरकारको ध्यानाकर्षण गरेको छ ।

न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको मृत्यु भएको एक वर्ष पुगिसक्दा पनि अन्तिम संस्कार हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>