समाचारबिहीबार, पौष २, २०७२

प्रधानमन्त्री ओली गोरखा भ्रमणमा, बारपाकमा खानेपानी आयोजनाको शिलान्यास

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले १२ वैशाखको भूकम्पको केन्द्रबिन्दु बारपाकमा आज खानेपानी आयोजनाको शिलान्यास गरेका छन् ।

बारपाक खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले बारपाकलाई एकीकृत वस्ती विकास योजनाका साथ पुनःनिर्माण गरिने बताए । केयर नेपालको रु तीन करोड ५० लाखको सहयोगमा सो खानेपानी आयोजना बन्न लागेको हो ।

प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई रु दुई लाख अनुदान वा धितोसहितको ऋण लिन चाहनेलाई रु १५ लाख उपलब्ध गराउने बताए ।
दुई वर्षभित्र बारपारकसम्म सडक कालोपत्र गरिने, ‘भूकम्प स्मारक’ बनाउने र एम्बुलेन्स उपलब्ध गराउने पीडितसमक्ष उनले प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओली अहिले भूकम्पपीडितको अवस्था बुझ्न तिब्बतसँग सीमाना जोडिएको उत्तरी गोरखाको छेकम्पारतर्फ प्रस्थान गरेका छन् । त्यहाँ पीडितलाई भेट्ने र तिब्बतसँगको सडकको अवस्थाबारे उनले जानकारी लिनेछन् ।

छेकम्पारपछि प्रधानमन्त्री ओली उत्तरी गोरखाकै केरौँजा गाविस जाने कार्यक्रम रहेको प्रजिअ उद्धव तिमल्सेनाले जानकारी दिए ।
प्रधानमन्त्री आजै सदरमुकाम फर्कनेछन् । प्रधानमन्त्रीसँगै पूर्वस्वास्थ्य मन्त्री खगराज अधिकारी पनि छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>