समाचारबिहीबार, पौष २, २०७२

संविधान संशोधन विधयेकबारे कांग्रेसले मोर्चासँग वार्ता गर्ने

हिमालखबर

NCप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तराई–मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग संसद्मा दर्ता भएको संविधान संशोधन विधयेकबारे वार्ता गर्ने भएको छ ।

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज बिहान बसेको पदाधिकारी बैठकले विधेयकमा आधारित भएर दलीय परामर्शलाई अघि बढाउँदै सहमति खोज्ने निर्णय गरेको हो ।

बैठकले संविधान संशोधन विधेयकलाई प्रक्रियागत ढङ्गले अघि बढाउन सबै राजनीतिक दलसँग चरणबद्ध छलफल गर्ने र त्यस विषयमा थप तयारीका लागि कांग्रेसले अपराह्न पार्टी संसदीय दलको बैठक बोलाएको छ ।

केन्द्रीय समितिको बैठक बस्नुअघि पार्टीको आगामी १३ औँ महाधिवेशनको तयारी अन्तर्गत क्रियाशील सदस्यता वितरण प्रक्रियालाई कसरी व्यवस्थित र पारदर्शी बनाउने भन्नेबारे पदाधिकारीबीच छलफल गरेको हो ।

पछिल्लो समय वार्ता प्रक्रिया रोकिएकोमा मोर्चालाई सहमतिमा ल्याउन कांग्रेसले सहमतिमा ल्याउन चरणबद्ध वार्ता र संवाद गर्ने भएको छ ।
सभापति कोइरालाले मोर्चाका शीर्षस्थ नेतासँग औपचारिक र अनौपचारिक परामर्श गर्दै आएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>