समाचारबिहीबार, पौष २, २०७२
सशस्त्र प्रहरी प्रमुख वन्तलाई निलम्बन गर्न अख्तियारको सिफारिस
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी प्रमुख कोषराज वन्तलाई निलम्बन गर्न सरकारलाई सिफारिस गरेको छ।
सशस्त्रमा प्रहरी बलका लागि खरिद गरिएका सामानको ढुवानीमा नक्कली बिल बनाई भ्रष्टाचार गर्ने काममा बलका महानिरीक्षक वन्तको प्रत्यक्ष संलग्नता देखिएको अख्तियारले आरोप लगाएको छ ।
वन्त सशस्त्रको प्रमुखमा रहिरहँदा सवुद प्रमाणहरु नष्ट पार्न सक्ने भन्दै अख्तियारले निलम्बनका लागि सरकारलाई सिफारिस गरेको हो।
वन्तसँगै अख्तियारले सशस्त्र प्रहरी नायब उपरीक्षकद्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतका प्रहरी कर्मचारीहरुलाई निलम्बन गर्न सिफारिस गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
