Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्था आजबाट खुल्ला - Himalkhabar.com

थप समाचारबिहीबार, पौष २, २०७२

सप्तरीका सम्पूर्ण स्वास्थ्य संस्था आजबाट खुल्ला

हिमालखबर

सहमति गर्दै प्रजिअ र अान्दाेलनरत स्वास्थ्यकर्मीहरु ।

सहमति गर्दै प्रजिअ र अान्दाेलनरत स्वास्थ्यकर्मीहरु ।

विगत २६ दिनदेखि बन्द रहेको सप्तरीको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालसहित जिल्लाभरिका सम्पूर्ण स्वास्थ्य संस्था आज, ३ पुसबाट खुलेका छन् ।

२ पुस साँझ अञ्चल अस्पतालमा बसेको सर्वपक्षीय बैठकमा तीनबुँदे सहमति भएपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरी चिकित्सक तथा स्वास्थ्यकर्मी काममा फर्किने निर्णय भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।

बैठकमा प्रजिअ भट्टले अस्पतालभित्रै पसेर प्रहरीद्वारा घटाइएको घटनामा तत्काल दोषी देखिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाको सरुवा भइसकेको र अन्य मागहरु चाँडै पूरा गर्ने तीनबुँदे सहमति भएको बताए ।

साथै छलफलमा घाइते भएकालाई क्षतिपूर्ति उपलब्ध गराउन तथा भौतिक क्षतिको पूर्ति गराउन जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखेर पठाउने र घटनाको छानबिनका लागि क्षेत्रीय प्रशासकद्वारा समिति गठन गराउने तथा छानबिनका क्रममा दोषी देखिनेलाई कारबाही गरिने सहमति भएपछि स्वास्थ्यकर्मी आजदेखि आफ्नो काममा फर्किएका छन् ।

गत ६ मंसीरमा अस्पतालभित्रै प्रहरीले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कुटपिट गर्दै दुर्व्यवहार गरेको भन्दै कुटपिट गरेको विरोधमा जिल्लाका चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पतालका आकस्मिक सेवाबाहेकका सम्पूर्ण सेवा ठप्प पारी आन्दोलनमा उत्रेका थिए ।

-श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>