समाचारबिहीबार, पौष २, २०७२

संविधान संशोधन अघि बढाउन विशेष समिति

हिमालखबर

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले व्यवस्थापिका–संसद्‌मा प्रस्तुत भएको संविधान संशोधनको प्रस्तावलाई अघि बढाउन विशेष समिति बनाउन सकिने बताएको छ ।

संसदीय दलको बैठकले संविधान संशोधनको प्रस्तावलाई कसरी अघि बढाउने भन्ने बारेमा छलफल गरेको छ । बैठकमा संशोधन प्रस्तावमा चित्त नबुझेका सांसदले थप संशोधन गर्न सक्ने बारेमा छलफल गरिएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले बताए ।

“ व्यापक छलफल गरी संशोधनलाई सुधार गर्न संसद् नियमावलीको दफा ८४ अनुसार विशेष समिति बनाउन सकिन्छ”, श्रेष्ठले भने ।

विशेष समितिमा केही समय छलफल गरेर सबैको सहमतिका साथ संसद्को पूर्ण बैठकमा पेस गरी दुई तिहाइ बहुमतका आधारमा पारित गरिने उनले बताए।

कांग्रेसले संविधानको दुई विषयमा प्रस्तुत संशोधन प्रस्ताव संसद्को निमयावली बमोजिम अघि बढाउन सबै दलसँगको छलफलका आधारमा अघि बढाइने बताएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>