समाचारबिहीबार, पौष २, २०७२
नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गाः बेलायत
संयुक्त अधिराज्य बेलायतले नयाँ संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको जनाएको छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्धको दुई शताब्दी पुगेका अवसरमा बेलायतमा आयोजित विशेष समारोहमा भाग लिन पुगेका उपप्रधानमन्त्री कमल थापासँग भेटघाटका क्रममा बेलायती विदेशमन्त्री फिलिप हम्मोन्डले नेपालको नयाँ संविधानको स्वागत गर्दै संविधान नेपालको इतिहासमा कोसेढुङ्गा भएको उल्लेख गरे ।
उनले नेपाल–भारत सीमामा देखिएको आपूर्तिको समस्याप्रति चासो राख्दै शीघ्र समस्या समाधान हुने आशा व्यक्त गरे । उनले बेलायती गोर्खा सैनिकका बारेमा संसदीय समितिको प्रतिवेदनअनुसार समस्या समाधान गर्न सरकारका तर्फबाट सम्भव भएसम्मका प्रयत्न गरिने वचन दिए ।
उक्त समारोहमा भाग लिन गत २९ मंसीरमा त्यहाँ पुगेका परराष्ट्रमन्त्री थापाले १ पुसमा आफ्ना बेलायती विदेशमन्त्री हम्मोन्डसँग लन्डनमा भेटघाट गरेकाे परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
