समाचारशुक्रबार, पौष ३, २०७२

संशोधन विधयेकमाथिको छलफल एक सातापछि

हिमालखबर

व्यवस्थापिका–संसद्‌मा दर्ता भएको संविधान संशोधन विधयेकमाथिको सैद्धान्तिक छलफल एक साता पछि मात्रै शुरु हुने भएको छ  ।

नेपाली कांग्रेस नेतृत्वको सरकारले अघि सारेको संशोधन विधयेक सरकारले संसद्मा दर्ता गराएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोधका बावजुद अघि बढाइएको संशोधन विधयेकमाथिको छलफल सभामुख ओनसरी घर्तीमगरले एक साता लागि सारेकी हुन् ।

सरकारले २९ मंसीरमा संशोधन विधयेक दर्ता गरेको थियो । आजबाट शुरु हुने भनिएको विधयेकमाथिको छलफल आगामी ९ पुससम्मका लागि स्थगित गरिएको छ ।

सरकारले समानुपातिक समावेशी, एक जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र हुनेगरी निर्वाचन क्षेत्र निर्धारण र उच्च स्तरीय राजनीतिक समितिले तीन महीनाभित्र सीमाकंनको विषय टुंग्याउने विधयेक संसद्मा दर्ता गराएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>