समाचारशुक्रबार, पौष ३, २०७२
बैठक स्थगित गरेर मोर्चासँग वार्ता गर्न प्रमुख दल सहमत
जारी व्यवस्थापिका–संसद्को बैठक ८ पुससम्मका लागि स्थगित गरेर मधेशी मोर्चासँग छलफल गर्न प्रमुख राजनीतिक दल सहमत भएका छन् ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा ३ पुसमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले, एमाओवादी र राप्रपा नेपाललगायतका दलको बैठकले संसद् बैठक स्थगित गरी मोर्चासँग छलफल गर्ने निर्णय गरेको हो ।
तराईमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्न बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए ।
बैठकमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, नेकपा एमालेका नेता झलनाथ खनाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सहभागी थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>