Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एकल जीवनमा दशकपछि फर्कियो खुशी - Himalkhabar.com

थप समाचारशुक्रबार, पौष ३, २०७२

एकल जीवनमा दशकपछि फर्कियो खुशी

हिमालखबर

sushila_padam

तस्वीर: श्याम गुप्ता

दश वर्षअघि पतिको मृत्यु हुँदा बारा मनहर्वाकी सुशीला खतिवडा २३ वर्षकी थिइन् । भर्भराउँदो उमेरमै पति गुमाएकी सुशीलाको काख दुई सन्तानले भरिए पनि सिउँदो भने खाली हुन पुगेको थियो ।

मानसिक रोगले पीडित पतिले आत्महत्या गरेपछि एक्ली भएकी सुशीलाले काखमा रहेका दुई छोरी हुर्काउनु बाहेक अरु केही सोच्न सकिनन् । जीवनमा सबै थोक गुमाएको अनुभव भइरहेको थियो उनलाई ।

समयसँगै विस्तारै जीवन आफ्नै लिकमा चल्दै गयो । आवश्यकताहरु थपिंदै गए, सुशीलाको संघर्ष बढ्दै गयो । दुई छोरीको पढाईबाट सन्तुष्ट सुशीलाको मुहारमा १० वर्षपछि अहिले अर्को खुशी थपिएको छ ।

एक दशकसम्म एकल जीवन बिताइरहेकी सुशीला फेरि वैवाहिक सम्बन्धमा गाँसिएकी छन्– दशकअघि पत्नी गुमाएका भरतपुर– ११ का ३८ वर्षीय पदम दहालसँग ।

एकल जीवनलाइ पूर्णविराम लगाउँदै दहालसँग नयाँ सम्बन्ध शुरु गर्न लागेकी सुशीलाले खुशी भएको प्रतिक्रिया दिइन् ।

“एकल जीवन निकै कठोर हुन्छ, परिवारको जिम्मेवारी र सन्तानका लागि मैले एक दशक बिताए”–सुशीलाले भनिन्, “अहिले दुबै छोरीको पढाई राम्रो छ, अहिले अर्को खुशी थपियो ।”

सुशीलाले दुई छोरीसँगै आफ्नोसमेत भविष्यका लागि वैवाहिक सम्बन्धमा बाँधिने निर्णय गरेको बताइन् । एकल महिला भएर लामो जीवन बिताउन असम्भव नरहे पनि आफ्नो विवाहले समाजमा राम्रै सन्देश जाने उनको विश्वास छ ।

“हाम्रो समाजमा एकल महिलाको जीवन उजाडिए जस्तै हुन्छ । त्यो मैले एक दशक भोगें, लामो जीवन एक्लै बिताउँदा विभिन्न वाधा अवरोध आउँछन् । समाजमा देखिाएको यस्तो सोच चिर्न सक्नु पर्छ ।”

padam_sushila

तस्वीर: श्याम गुप्ता

पदम दाहाल रोजगारीका लागि विदेशमा रहेका बेला उनकी पत्नीले पनि आत्महत्या गरेकी थिइन् । एक छोरी र एक छोराका बाबु दहाल पनि परिवारकै सल्लाहमा दश वर्षदेखिको एकल जीवन अन्त्य गर्न सहमत भएका हुन् ।

“परिवारकै सल्लाहमा नयाँ सम्बन्ध शुरु गरिरहँदा खुशी लागेको छ,” दाहालले भने, “लामो समय एकल जीवन बिताउनुभन्दा वैवाहिक सम्बन्धमा जोडिएर नयाँ जीवन शुरु गर्नु उचित लाग्यो ।

विवाह बन्धनमा बाँधिएका दुवैले एक अर्काको भावना बुझ्दै बाँकी जीवन बिताउने प्रतिक्रिया दिए ।

एकल जीवन बिताइरहेका सुशीला र पदमबीच सम्पन्न विवाहमा स्थानीयको बाक्लो उपस्थिति थियो ।

दुइ जनालाई एक बनाउन महत्वपूर्ण भूमिका खेलेका सुशीलाका भिनाजु मिनप्रसाद आपागाइँंले विवाहबाट आफूहरु सन्तुष्ट रहेको बताए ।

“अब पनि एक्लै भएर बस्नु पर्छ भन्ने बाध्यता छैन, समाज शिक्षित भइसकेको छ,” उनले भने, “त्यसैले पनि उनीहरुले एक अर्कालाइ स्वीकार गरेर आज एक भए । हामी खुशी छौंं ।
श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>