समाचारशुक्रबार, पौष ३, २०७२
मधेशी मोर्चा भन्छ, ‘वार्ता औचित्यहिन भयो, आन्दोलन चर्काउँछौ’
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँगको वार्ता औचित्यहिन बन्दै गएको भन्दै तराईमा जारी आन्दोलनलाई चर्काउने निर्णय गरेको छ ।
आज, ३ पुसमा तराई मधेश लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा पत्रकार सम्मेलनको आयोजना गरी मोर्चाका नेताहरुले सरकारले आन्दोलनका मागहरु पूरा गर्नुको साटो सुरक्षा निकायको परिचालन गरी आतंक सृजना गरेको भन्दै ‘विभेदबाट उन्मुक्ति’ का लागि आन्दोलनलाई अझै सशक्त र प्रभावकारी बनाउने बताए ।
मोर्चाद्वारा जारी विज्ञप्तिमा संसद्मा पेश भएको संविधान संशोधनको प्रस्तावलाई ‘एकात्मक राज्यलाई निरन्तरता दिने षडयन्त्र’ को आरोप लगाउँदै त्यो मोर्चाका लागि मान्य नहुने बताइएको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरले वार्ता औचित्यहिन हुँदै गएकाले आफूहरु मधेश जाने र आन्दोलन चर्काउने बताए ।
उनले सरकार साँच्चिकै वार्ता गर्न इच्छुक भए अबको वार्ता मधेशमै हुने बताएका थिए ।
कपिल भट्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
