समाचारशुक्रबार, पौष ३, २०७२

वीरगञ्जमा विहानैदेखि विरोध प्रदर्शन

हिमालखबर

आफ्ना माग पूरा गराउन सरकार र प्रमुख तीन दललाई अन्तिम धक्का दिने बताएको मधेशकेन्द्रित दलहरुले वीरगन्जमा ३ पुस बिहानैदेखि सडकमा प्रदर्शन थालेका छन् ।

2नयाँ संविधान जारी भएको तीन महिना पुगेको दिन आज ३ पुुसमा वीरगञ्जका सडकमा फेरि टायर बालिएको छ । केही सातादेखि वीरगञ्ज शान्त जस्तै थियो ।

वीरगन्जको पावरहाउस, मुर्ली, घण्टाघर, माइस्थान, घडीअर्वा, भिस्वा होटल चोक, चिनीमिल आवासक्षेत्र लगायतका स्थानमा मधेश केन्द्रित दलका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

त्यस्तै पर्साको ग्रामीणक्षेत्रमा पनि पदर्शन भएको छ । लंगडी, जानकीटोला भिस्वा, हरिहरपुर, मुड्ली, पोखरिया लगायतका स्थानमा पनि टायर बालेर पदर्शन गरिएको छ ।

3-1पछिल्ला दिनहरुमा वीरगञ्ज–पथलैया सडकमा चलिरहेका सिटी बस, टेम्पोलाई मधेशी मोर्चाका कार्यकर्ताले आज बिहानैदेखि रोक लगाएका छन् ।

प्रदर्शनका कारण वीरगन्जको मुख्य सडकका बजार र पसलहरु बन्द भएका छन् ।

यस्तै बाराको परवानीपुर, कलैया, सिसहनीया र भलुही चोकमा पनि मधेश केन्द्रित दलका कार्यकर्ताहरुले बिहानै देखि सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । कलैया बजार बन्द भएको छ ।

यसैबीच बन्दको अवज्ञा गरेको भन्दै कलैयामा आज बिहान मोर्चाका कार्यकर्ताले दुई वटा टयाक्टर र एउटा मारुती भ्यानमा तोड फोड गरेका छन् ।

मोटरसाईकलमा आगजनी
बाराको सिम्रौनगढमा ३ पुस बिहान मधेशी मोर्चाका कार्यकर्ताले भारतबाट इन्धन ल्याएको भन्दै एउटा मोटरसाइकलमा आगजनी गरेका छन् ।

नम्बर प्लेट नभएको टिभिएस मोटरसाइकलमा मधेशी मोर्चाका कार्यकर्ताहरुले सिम्रौनगढको रानीवास बजारमा आगजनी गरेका हुन् ।

भारतबाट एक सय ६० लिटर डिजेल र ४० लिटर पेट्रोल लिएर आउदै गरेको मोटरसाईकलमा आगजनी गरिएको मोर्चाका कार्यकर्ताहरुले बताएका छन् । आगजनीबाट मोटरसाइकल ध्वस्त भएको छ ।

नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेश केन्द्रित दलहरुले ३० साउनदेखि मध्यतराईमा आन्दोलन गर्दै आएका छन् ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>