समाचारशुक्रबार, पौष ३, २०७२

वीरगञ्जमा बन्दको विरोध

हिमालखबर

मधेश केन्द्रित दलहरुले आज फेरि वीरगञ्ज बन्द गराएपछि स्थानीय ब्यापारीहरुले त्यसको विरोध गरेका छन् ।

तराईमा जारी आन्दोलनलाई थप कडा बनाउने मधेशी मोर्चाको निर्णयसँगै आज, ३ पुसमा वीरगञ्जमा विरोध प्रदर्शनका साथै यातायात र बजार बन्द गराइएको छ । लगातारको बन्दले व्यापार व्यवसाय ध्वस्त भएको, जनजीवन कष्टकर भएको भन्दै माइस्थानमा साँझ करिब ५ बजे स्थानीय व्यापारीहरु भेला भई बन्दको विरोधमा नाराबाजी गरेका हुन् ।

मोर्चाका कार्यकर्ताहरुले जर्बजस्ती बजार बन्द गराउँदै हिंडेपछि व्यापारीहरुले प्रतिकार गरेका थिए । त्यसक्रममा केही व्यापारीलाई मोर्चाका कार्यकर्ताले हातपात समेत गरेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको थियो ।

“मुठभेड हुनसक्ने सूचना पाउना साथ प्रहरी त्यहाँ पुगेर स्थिति नियन्त्रणमा लियो,” पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने । उनले मोर्चाका कार्यकर्ताहरुले व्यापारीहरुलाई अभद्र व्यवहार गरेको भए पनि झडप भने हुन नपाएको बताए ।

मोटरसाईकलमा आगजनी, चालक घाईते

यसबीच आज दिउँसो मोर्चाका कार्यकर्ताले ना १९ प १९६९ नम्बरको मोट्रसाइकलमा आगजनी गरेका छन् ।

वीरगन्जबाट परवानीपुर तर्फ जाँदै गरेका परवानीपुरका राजेन्द्र पासवानको मोटरसाइकल वीरगन्जको घण्टाघर चोक नजिकै नेपाली सेनाको बरख गण अगाडिको सडकमा रोकेर आन्दोलनकारीहरुले आगो लगाएका थिए ।

मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगोबाट मोटरसाइकल चालक पासवान पनि जलेर घाइते भएका छन् । उनको दायाँ खुटटामा आगोले पोलेको छ ।

घाइते पासवानको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आगजनीबाट मोटरसाइकल जलेर ध्वस्त भएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>